राजनीति

कोरोना संक्रमणबाट कांग्रेस नेता पुनको मृत्यु



डोटी, ६ कार्तिक । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५० वर्षीय पुनको ज्यान गएको हो । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको नेता पुनको उपचारकै क्रममा बुधबार मृत्यु भएको बताइएको छ ।

पुनलाई कोरोनाको संक्रमण भएको मंगलबार पुष्टि भएको थियो । कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति रहेको जनाइएको छ ।