भक्तपुर १५ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को महामारीमा रगतको अभावलाई मध्यनजर गर्दै प्रोटेक्शन ग्रुप भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिका वडा नं ३ बंशगोपाल चोकस्थित भौतिक दुरि कायम गरि आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एव चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोभिड १९ को महामारीमा प्रोटेक्शन ग्रुपले रक्तदान जस्तो मानविय सेवा कार्य गरिनु सह्रानिय रहेको उल्लेख गर्दै रगतको कारणले मृत्यु हुनपरोस् कोभिडले भक्तपुर जिल्ला संक्रमित संख्या दिनानु दिन बढीरहेकोले सर्तक र सजगता अपनाउन उहाँले आग्रह गर्नुभयो । विजया दशमी शुभ दिपावली नेपाल सम्बत ११४१ लगाएत पर्वले सबै समुदायमा कोभिड १९ ले संक्रमित नहोस भनि शुभकामना दिनुभयो ।
कार्यक्रमका सभापति एवं प्रोटेक्शन ग्रुपका अध्यक्ष सिताराम माकले रगत आवश्यक पर्ने विरामीलाई रगतको अभावलाई कसरी सहज तवरले आपुर्ति गर्न सकिन्छ भन्ने उद्देश्यका साथ खुल्ला रक्तदान गरिएको बताउनुभयो । कार्यक्रममा युवाहरुको सहभागिता उत्साहजनक रहेको अध्यक्ष माकले बताउुनभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको रक्त संचार सेवा केन्द्रको प्रविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा महिला ३ जना र पुरुष ३२ गरि ३५ जना रक्तदाताहरुले रक्तदान गरेको कार्यक्रम संयोजक रमेश वल्लले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्