Banner News

अब कोरोनासँगै यात्रा गर्नुपर्छ तर नभेटिने गरी: मन्त्री श्रेष्ठ



भक्तपुर, २ मंसिर । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाइँ जित्न आम नागरिकले कडा अनुशासनको पालना गर्न आम नागरिकलाई आग्रह गर्नुभएको छ ।

शंखधर शाख्वाको शालिकमा माल्यार्पणपछि आयोजना भएको कार्यक्रममा उहाँले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘एक(आपसमा नजिकबाट कुरा गर्न चाहान्छौं तर टाढाटाढा बस्नुपर्ने अवस्था छ । टाढा बस्दा पनि मुख छोप्नुपर्ने अवस्था छ । सँगै हिँडेको साथीलाई नचिनेर एकछिन मास्क खोल्नुहोस् भन्नुपर्ने बाध्यता छ । कोभिडसँग जुध्न कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जरुरी छ । सरकारबाट कोरोनाबाट जोगिने संक्रमण भइहाल्यो भने पनि नआत्तिने । अब कोरोनासँगै यात्रा गर्नुपर्छ तर नभेटिने गरी ।’’

माल्यार्पण कार्यक्रममा नेपाल कम्युनष्टि पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शंखधर शाख्वाको सम्मानमा सरकारले रोजगारीमूलक र विकासका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले चाडबाड मनाउन घर गएकाहरु उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको उल्लेख गर्दै मंसिरलाई अत्यन्त जोखिमयुक्त महिनाका रुपमा लिएर गम्भीरताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल संवत्‌ अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए । २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवत्‌लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।