काठमाडौँ, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले आगामी महत्वपूर्ण ५ वटा निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले पार्टीमा उत्पन्न विवादलाई समाधान गर्ने र आगामी कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।
निर्णयहरु
१. बैठक १३ गते सचिवालयको बैठक पुनः बस्ने,
२. १३ गते वस्ने सचिवालयको बैठकमा केपी ओलीले आफ्नो तर्फबाट प्रस्ताव प्रस्तुत गर्ने,
३. पार्टी भित्रको संकट र निवारण सम्वन्धमा दुवै प्रस्ताव सहितको छलफलबाट समस्या समाधान गर्ने,
४. मंसिर १८ गते स्थायी कमिटीको बैठक बस्ने,
५. मंसिर २५ गते केन्द्रीय कमिटीको बैठक बस्ने (यसअघि मंसिर १५ गते बस्ने निर्णय गरेको थियो । समय परिवर्तन गरिएको छ ।)
प्रतिक्रिया दिनुहोस्