काठमाडौँ, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको आजको बैठक मंसिर २८ गते बस्ने गरी बैठक सकिएको हो । उक्त बैठकसम्म अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओली शर्मासँग सहमतिका लागि संवाद गर्ने बताइएको छ ।
यसअघि शनिबार बसेको सचिवालयको बैठकले सबै प्रस्तावमाथि छलफल गरेर पार्टी देखिएको संकटको निकास खोज्ने गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्