विश्व

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघ्यो



एजेन्सी, १४ माघ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २१ लाख ३५ हजार ९५९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४१३ कोरोना संक्रमितको मृत्यु भएको छ ।  कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ९३ लाख ६३ हजार ६९७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ४ लाख १० हजार १५२ संक्रमित थपिएका छन् ।