विश्व

युएईले देश विकासका लागी योगदान गर्न सक्ने विदेशीलाई नागरिकता दिने



एजेन्सी, १८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशको विकासमा योगदान दिन सक्ने विदेशीलाई नागरिकता दिने भएको छ ।

युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तुमले युएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् व्यक्तिलाई नागरिकता दिन लागिएको बताए ।

यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उनले बताए ।