विश्व

म्यानमार सेनाद्वारा नेतृ आङ सान सुकी पक्राउ



काठमाडौँ, १९ माघ । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकीलाई सेनाले पक्राउ गरको छ ।

बीबीसीका अनुसार सुकी पक्राउ परेको खबर एनएडीका प्रवक्ता म्यो न्यूनले जानकारी गराएको छ । प्रवक्ता म्यो न्यूनका अनुसार सूकीसँगै राष्ट्रपति वुइन मियन र अन्य नेताहरूलाई पनि सेनाले पक्राउ गरेको छ । उनले आफू पनि पक्राउ पर्ने आशंका व्यक्त गरेका छन् । राजधानी तथा र मुख्य सहरका गल्लीहरूमा सेनाको उपस्थिति बाक्लो रहेको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको समाचारमा उल्लेख छ ।

गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्मा बहुमत प्राप्त गरे पनि सेनाले भने चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।  सेनाले हुन लागेको संसद् बैठकलाई पछि सार्न सरकारलाई दबाब दिँदै आएको थियो ।