विश्व

बेलायतमा थप ५८७ जनाको कोरोनाबाट मृत्यु



एजेन्सी, १९ माघ । बेलायतमा पछिल्लो २४ घण्टाभित्र थप ५८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ  ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी अनुसार जनवरी २५ देखि जनवरी ३१ सम्ममा ८ हजार २१९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यससँगै  बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख छ  हजार १५८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा २१ हजार ८८ जना नयां संक्रमित थपिएका छन् ।

नयाँ थपिएसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख १७ हजार १७६ पुगेको छ । गएको एकसातामा मात्र एक लाख ६९ हजार ७१४ जना संक्रमित थपिएका हुन् । हाल यहाँका अस्पतालमा ३४ हजार ७८३ संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ८३२ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

३० जनवरी शनिबारसम्मको तथ्याँक अनुसार बेलायतमा  ८९ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म ८९  लाख ७७  हजार ३२९ जनाले खोपको पहिलो डोज लिएका छन् ।