विश्व

विश्वमा २४ घण्टामा कोरोनाबाट ११ हजार ७५२ को मृत्यु



एजेन्सी, २६ माघ । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाबाट ११ हजार ७५२ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ लाख २ हजार ३०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३२ हजार ३३२ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५३ लाख ९४ हजार ३०१ जनामा कोरोना संक्रमण भइसकेको छ ।