विश्व

बेलायतमा २४ घन्टामा ३३३ कोरोना संक्रमितको मृत्यु



एजेन्सी, २७ माघ । बेलायतमा पछिल्लो २४ घन्टामा थप ३३३ जनाको मृत्यु भएको छ ।

यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १२ हजार ७९८ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।

पछिल्लो २४ घन्टामाथप १४ हजार १०४ जना नयां संक्रमित थपिएसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ५९ हजार ७८४ पुगेको छ ।

फेब्रुअरी ४ सम्मको तथ्याँक अनुसार बेलायतका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

सोमबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा  एक करोड २२ लाख  भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् ।