विश्व

बेलायतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो



एजेन्सी, २ फागुन । बेलायतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा १३ हजार ३०८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नया थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ४० लाख २७ हजार १०६ पुगेको छ ।

शनिबार सार्वजनिक तथ्याङ्क अनुसार कोरोना भाइरसका कारण बेलायतमा २४ घन्टाभित्र थप ६२१ जानको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १७ हजारको हाराहारीमा पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म एक लाख १६ हजार ९०८ जनाको मृत्यु भइसकेको छ । बेलायतका अस्पतालमा हाल २३ हजार ३४१ जनाको उपचार भैरहेको छ भने दुई हजार ९४३ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

त्यस्तै बेलायतमा एक करोड ४५ लाख भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याङ्क अनुसार हालसम्म एक करोड ४५ लाख ५६ हजार ८२७ जनाले खोपको पहिलो डोज लिएका हुन् ।