एजेन्सी, ५ फागुन । माल्दिभ्स सरकारले घरघरमा पुगेर कोरोना विरुद्धको खोप दिने भएको छ ।
कोरोना महामारी प्रभावित क्षेत्र तथा घरभन्दा टाढा पुगेर सेवा लिन नसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रित गरेर खोप उपलब्ध गराउने माल्दिभ्सको शहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले जनाएको छ । सरकारको अभियानलाई सफल पार्न र खोप लगाउन नागरिकलाई आवश्यक जानकारी दिन पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
खोप लगाएपछि हुने सम्भावित समस्यालाई ध्यानमा राखेर एम्बुलेन्समार्फत आकस्मिक सेवा समेत दिने गरी तयारी गरिएको खबरमा उल्लेख छ । माल्दिभ्समा फेब्रुअरी १ देखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सुरु भएको हो । माल्दिभ्समा अहिलेसम्म प्राथमिकतामा परेका ४३ हजार ८ सय १७ जनाले खोप लगाएका छन् ।










प्रतिक्रिया दिनुहोस्