विश्व

युरोपेली सङ्घका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने



एजेन्सी, २५ फागुन । युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले आउँदो अप्रिलदेखि मासिक १० करोड डोज खोप पाउने भएका छन् ।

युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डर लेयनकाअनुसार सङ्घअन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था भएको हो ।

प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको उहाँको भनाइ छ । युरोपेली सङ्घले बायोएनटेक, अस्ट्राेजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ ।

मासिक १० करोड खोप युरोपेली सङ्घका देशहरुमा आउनु आफैँमा ठूलो उपलब्धि भएको पनि उहाँले बताउनुभएको छ ।