विश्व

बेलायतमा कोरोनाबाट थप १२१ जनाको मृत्यु



एजेन्सी, १ चैत । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले जनाएको छ ।

यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ४६४ पुगेको छ । त्यस्तै बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ५३४ जना नयां संक्रमित थपिएसगै संक्रमितको संख्या ४२ लाख ५३ हजार ८२० पुगेको छ ।

बेलायतमा हालसम्म दुई करोड ५२ लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । शनिबारसम्म  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ५२ लाख १६ हजार ८५७ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ३६ लाख ८४ हजार १०३ जनाले पहिलो डोज लिएका छन् भने १५ लाख ३२ हजार ७५४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।