विश्व

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



लण्डन, ३० चैत । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घटेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ जनाको मात्र जनाको मृत्यु भएको छ । मृतक संख्या गत वर्षको सेप्टेम्बर १३ पछिकै सबैभन्दा कम हो । सेप्टेम्बर १३ मा ५ जनाको मृत्यु भएको थियो । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८७ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा १ हजार सात सय ३० जना कोरोना संक्रमित थपिएका छन् । एक हप्तामा १८ हजार ४३० जना संक्रमित थपिएका छन् । यससंगै संक्रमितको कुल संख्या ४३ लाख ६९ हजार ७७५ पुगेको छ । संक्रमित संख्या अघिल्लो हप्ताको तुलनामा ३०।२ प्रतिशतले ह्रास आएको हो ।

बेलायतमा कोरोना विरुद्धको खोपको दोस्रो डोज वितरणमा नयाँ कीर्तिमान कायम भएको छ । शनिबार ४ लाख ७५ हजार २३० जनाले खोपको दोस्रो डोज लगाएका छन् । अघिल्लो दिन शुक्रबार पनि एकैदिनमा ४ लाख ५० हजार भन्दा बढीले दोस्रो डोज लगाएका थिए । बेलायतमा कोरोना विरुद्धको खोप वितरण शुरु भएयता हालसम्म तीन करोड ९५ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।