लन्डन, ३ बैशाख । बेलायतमा बितेको २४ घन्टामा दुई हजार छ सय ७२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।
यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ८० हजार ९७६ पुगेको छ । बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ४० हजार ४४७ छ भने ४१ लाख १३ हजार ३३८ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार १९१ पुगेको छ । बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ९ लाख ५८ हजार ३०३ डोज वितरण भएको छ ।
तीन करोड २४ लाख ४४ हजार ४३९ जनाले खोपको पहिलो र ८५ लाख १३ हजार ८६४ जनाले खोपको दोस्रो डोज लिएका छन् ।










प्रतिक्रिया दिनुहोस्