एजेन्सी, ५ बैशाख । विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० लाख नाघेको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा कोरोनाका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै कोरोना सङ्क्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको मृत्यु भइसकेको छ भने भारतमा एक लाख ७७ हजार एक सय ६८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।
विश्वमा अहिले १४ करोड १३ लाखभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित छन् । यस्तै, ११ करोड ९९ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।










प्रतिक्रिया दिनुहोस्