विश्व

भारतमा एकैदिन २ लाख ७१ हजारभन्दा बढी संक्रमित फेला



काठमाडौँ, ६ बैशाख । भारतमा आइतबार एकैदिन २ लाख ७१ हजार २०४ नयाँ संक्रमित फेला परेका छन । यस वर्ष पहिलो पटक १५ सय ७० को मृत्यु भएको छ । यसका साथै पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार १५० मानिस निको भएका छन् ।

अघिल्लो वर्ष संक्रमण सुरु भएपछि भारतभरि कोरोनाद्वारा संक्रमित हुने बिरामीको संख्या डेढ करोड पार भएको छ । यसमा १ करोड २९ लाख ४७ हजार २९७ संक्रमित निको भइसकेका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या १९ लाख २१ हजार ७३८ छन् । यस्तै कूल मृतकको आँकडा पनि १ लाख ७८ हजार ७४३ पुगेको छ ।