विश्व

भारतले १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिने



काठमाडौँ, ७ बैशाख । भारत सरकारले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि पनि कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मेदेखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ ।

यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । एक मेदेखि भारतमा कोरोनाविरुद्धको खोप अभियानको तेस्रो चरण सुरु हुने छ । भारतमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण १६ जनवरीदेखि सुरु भएको थियो ।