काठमाडौँ, १३ बैशाख । भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९२ हजार ३११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४९ हजार ६९१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ६० हजार १७२ पुगेको तथ्यांक छ ।
कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ ।कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्