विश्व

अफगानिस्तानमा कार बम विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु



एजेन्सी, २६ बैशाख । अफगानिस्तानमा एउटा विद्यालय नजिकै भएको विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा मृत्यु हुनेहरु धेरैजसो बालिका रहेका छन् । हिजो बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको अफगानिस्तानको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।