राजनीति

एमसीसीमा एमालेको कुनै धारणा छैन : नेता नेम्वाङ



काठमाडौँ, ६ फागुन । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसीका विषयमा सरकारमा रहेका दलहरूले एउटै धारणा बनाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने स्पष्ट पार्नुभएको छ ।

सरकारमा रहेका दलहरुले एमसीसीबारे समान धारणा बनाउन आवश्यक रहेको उहाँको तर्क रहेको छ । सत्तारुढ दलले नै आधिकारीक धारण नबनाइसकेको अवस्थामा एमालेले आफ्नो धारणा सार्वजनिक आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमसीसीमा एमालेको कुनै धारणा छैन् । किनभने उहाँहरूले गठबन्धनबाट केही निर्णय नै गर्नुभएको छैन् ।’

एमसीसी संसदमा टेबुल गर्ने प्रयासमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ एमाले अध्यक्ष केपी ओलीसंग गर्नुभएको थियो । उक्त भेटपछि एमालेले कुनै धारणा बनायो कि रु भन्ने प्रश्नमा नेम्वाङले पहिले सत्तागठबन्धनले नै समान धारणा बनाउन आवश्यक रहेको दोहोर्याउनुभयो । एमसीसीलार्य कांग्रेसले तत्तकाल संसदमा पेश गर्नुपर्ने बताइरहेको छ भने माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले भने यथास्थितीमा एमसीसी सदनमा पेश गर्नु नहुने अडान प्रस्तुत गरिरहेका छन् ।