काठमाडौँ, ६ फागुन । गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
हुम्लामा सीता परियार, नुवाकोटमा सह–सचिव नारायणप्रसाद रिसाल, जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ । रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ । धनकुटामा युवराज कट्टेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्