Banner News

४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु



काठमाडौँ, ६ फागुन । थप ४ सय ३७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७५ हजार १ सय ३२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २४ सय ५४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ४८ हजार ७ सय ८४ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय १३ जना पुगेको छ ।