समाचार

काठमाडौँ उपत्यकामा थप ८९ जनामा कोरोना पुष्टि



काठमाडौँ, ६ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ६८ जना, ललितपुरमा १९ र भक्तपुरमा २ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ८५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।