Banner News

अध्यक्ष ओलीद्वारा भोली सूर्यविनायक नगर अस्पतालको उद्घाटन हुने



भक्तपुर, ६ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोली (शनिवार) सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्नुहुने भएको छ ।

नगरपालिका तथा स्थानीय पूर्वाधार विकास कोषको संयुक्त लगानीमा निर्माण गरिएको उक्त नगर अस्पतालको भोली अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र राज केसीले जानकारी दिनुभयो ।

अध्यक्ष ओली नेतृत्वको एमालेको सरकारले एकै पटक देशभर ३९६ वटा अस्पतालहरुको एकै पटक शिलान्यास गरेको थियो । सोही समयमा शिलान्यास गरिएको उक्त नगर अस्पतालको उद्घाटन गरिने भएको छ । नगरपालिका र सांसद कोषको लागनीमा उक्त अस्पताल निर्माण गरिएको छ । २५ शैयाको उक्त अस्पतालको कुल लागत ८ करोड ७५ लाख रहेको छ । जसमा नगरपालिकाको ८ करोड र सांसद कोषको ७५ लाख रहेको छ ।

उक्त क्षेत्रका प्रतिनिधिसभाका सांसद महेश बस्नेतलको विशेष पहलमा निर्माण गरिएको उक्त अस्पताल स्थानीय तहहरु मध्येको उत्कृष्ट हुने दावी गरिएको छ । विकासको विरोध गर्नेहरुलाई आफुले कामले जवाफ दिने उल्लेख गर्दै नेकपा एमालेको पोलिटव्युरो सदस्य समेत रहुनभएका सांसद बस्नेतले एमालेले गरेको विकासलाई देखेर पनि नदेख्ने जस्तो भएकालाई नतिजाबाट जवाफ दिने बताउनुभयो ।

एमलो नेतृत्वको सरकारले गरेको कामलाई गाली गर्नेलाई अब जनताले तालीमा रुपान्तरण गरेको उल्लेख गर्दै नेता बस्नेतले मुलुकको विकास र समृद्धिको यात्रा एमालेको विकल्प नभएको तथ्यको रुपमा भक्तपुरको सम्पूर्ण विकासहरु उदाहरणको रुपमा रहेको दावी गर्नुभयो । एमालेको योजनाहरु वर्तमन समयमा उद्घाटनको चरणमा रहेको उल्लेख गर्दै नेता बस्नेतले उक्त कुरा गठबन्धनका नेता तथा कार्यकर्तालाई सहि नसक्नु भएता पनि जनताको माग, चाहना र आवश्यकता अनुसारको रहेको बताउनुभयो ।