Banner News

टुँडिखेलमा विशेष समारोहको साथ मनाइयो प्रजातन्त्र दिवस



काठमाडौँ, ७ फागुन । सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी प्रजातन्त्र दिवस मनाइएको छ ।

आज टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ ब्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाइएको थियो ।