अर्थ

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो



काठमाडौँ, १० फागुन । आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ ।

उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम सोमबारको तुलनमा मंगलबार वृद्धि भएको छ । आज ३ अर्ब २१ करोड नाघेको छ ।