समाचार

बाघको आक्रमणबाट एक जनाको मृत्यु



बर्दिया, ११ फागुन । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका निकुञ्जसँग सीमा जाेडिएकाे आफ्नाे घर नजिक बंगुरलाई चाराे दिन लाग्दा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतककाे आधा खुट्टा, हात खाएकाे र क्षत विक्षत अवस्थामा शव फेला परेकाे जनाइएको छ । मृतक थारुकाे शव राति नै पाेस्टमार्टमका लागि गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।