समाचार

प्रेमीसँग मिलेर श्रीमान्को हत्या



इनरुवा, ११ फागुन । झापाको दमक–५ का दिनेश सिग्देलका ‘हत्यारा’ पक्राउ परेका छन् । हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

सुनसरीको धरान–४ स्थित जंगलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेटिएको थियो । पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए ।

प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरी धरान–४, धरान–भेडेटार सडकखण्डको जंगलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको थियो । योजनाबद्ध रूपमा अनिता र सरोजले सिग्देलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिए ।