Banner News

एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय



काठमाडौँ, १३ फागुन । नेकपा (माओवादी केन्द्र)ले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

एमसीसीको विपक्षमा मतदान गर्दा सकेसम्म सत्ता गठबन्धन जोगाएर अघि बढ्ने तर आवश्यक परे सरकार छाड्ने समेत निर्णय भएको बताइएको छ  ।