काठमाडौँ, १३ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताएका छन् ।
कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकाले प्रष्ट पार्न खोजे पनि केही कुरामा अस्पष्टता रहेको बताए ।
उनले भने, ‘अमेरिकीहरूको केही अभिव्यक्तिले गर्दाखेरी, यसैबीचमा सहायत नलिदाँखेरी नेपाललाई दबाव दिने टाइपबाट, धम्की दिने टाइपका शब्दहरू प्रयोग भए’ ‘यसले गर्दा झन आशंका बढाइदियो । शंका, उपशंका बढाइदिएको अवस्था छ ।’
एमसीसी संशोधन नभएसम्म अनुमोदन गर्न नसकिने पार्टी निर्णयमा अडिग रहेको बताउदै उनले भने, ‘हाम्रो पार्टीले यथास्थितिमा नै यो सम्झौतालाई हामी अनुमोदन गर्न सक्दैनौं भनेर भनिसकेको छ । यस अर्थमा यथास्थितिमा परिवर्तन गर्नका लागि के–के गर्न सकिएला ? भन्ने बारेमा पनि हामी छलफल चलाइरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस्