Banner News

चीनको इशारामा कम्युनिष्टहरुले एमसीसीको विरोध गरे : नेता पौडेल



तनहुँ, १४ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भएपनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाएका छन् ।

आज तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक अनावरण गर्दै वरिष्ठ नेता पौडेलले एमसीसी नेपालको हितमा रहेको र  विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेकोले एमसीसीको विरोध गर्न नहुने बताए ।

त्यस्तै उनले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन् । स्व.विक्रम परियारको योगदानलाई चिरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता  पौडेलले भने, ‘सहिदको परिवारलाई काँग्रेसले सँधै सम्मान गर्छ ।’