काठमाडौँ, १५ फागुन । एक किलो सुनसहित विमानस्थलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको १ हजार १६५ ग्राम तौल भएको सुनको १० थान सिक्रीसहित प्रहरीले सुनसरी इटहरीका कमल घिमिरे र लक्ष्मण गुरागाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । गुरागाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा हुन् ।
फ्लाई दुवईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई थप अनुसन्धान र कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्