Banner News

संसद बैठक आज बस्दै, एमसीसीबारे छलफल गर्ने तयारी



काठमाडौँ, १५ फागुन । प्रतिनिधसभाको बैठक आज बस्दैछ ।

आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो । आजको बैठको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एक मत नहुँदा बैठक नै अनिश्चितजस्तै भएको छ ।

यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । संसद बैठक पटक पटक स्थगित गरिदै आएको छ । सूचना टाँस गरेर स्थगित गरिएको बैठक आजसम्मको लागि सारिएको हो ।