जनकपुरधाम, १८ फागुन । लागूऔषध गाँजासहित तीनजना भारतीय नागरिकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलगंवा नगरपालिका-८ मा नेपालबाट भारततर्फ जाँदै गरेको ना.२ ह १५६७ नम्बरको टेम्पोबाट १० किलो गाँजासहित भारतको बिहार सितामढी जिल्ला राजा प्रसोनी ग्राम पञ्चायत-१ बस्ने २३ वर्षीय साकिर, सोही ठाउँका वडा नम्बर ९ बस्ने ३५ वर्षीय नुर महमद राई र शिवहर ग्राम पञ्चायत सलिमपुर वडा-१३ बस्ने २० बर्षीय नसु आलमलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्