जनकपुरधाम, १८ फगुन । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ज ११ प ८९४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई ईश्वरपुर नगरपालिका-१३ स्थित अमुवा खोलाको पुलबाट ५ मिटर तल खसेर दुर्घटना हुदा चालक महोत्तरीको औरही नगरपालिका-१ बस्ने ३२ बर्षीय चन्दनकुमार साह र पछाडि सवार सर्लाहीको कविलासी नगरपालिका-२ पिपरिया बस्ने २५ बर्षीय रामविश्वास मण्डलको मृत्यु भएको भएको हो ।
दुबैको घटनास्थलमै मृत्यु भएको र शवलाई अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्