राजनीति

पार्टी नछोड्न नारायणकाजी श्रेष्ठलाई प्रचण्डको आग्रह



काठमाडौँ, १९ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन ।

बिहान आफ्नै निवास खुमलटार बोलाएर उनले आफ्नो असन्तुष्टि पार्टीको बैठकमा राख्न र पार्टी नछोड्न आग्रह गरेका हुन । एमसीसी सम्झौता पास भइसकेपछि गएको सोमवार नेता श्रेष्ठले यस विरुद्ध सार्वजनिक रुपमा बोलेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए ।

उनले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा आफ्नो असन्तुष्टि राख्न श्रेष्ठलाई आग्रह गर्दै आएका छन ।