काठमाडौँ, १९ फागुन । थप १ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार २ सय ६७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ३ सय २० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५७ हजार ८ सय ८ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४४ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्