कास्की, २० फागुन । हत्या गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका २० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ लाई पक्राउ गरेको हो ।
उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्