Banner News

१२६ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज



काठमाडौँ, २० फागुन । थप १ सय २६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ३ सय ८० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ४२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ८५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५८ हजार १ सय ९३ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४५ जना पुगेको छ ।