Banner News

एमालेले चाहेर सभामुख हटाउन सक्ने अवस्था छैन: प्रचण्ड



काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगबाट हटाउन सक्ने अवस्था नरहेको बताएका छन् ।

आज केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सभामुख सापकोटालाई एमालेले महाभियोग नै लगाएपनि हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् ।

उनले भने,  ‘अहिलेकै अवस्थामा सभामुख हट्ने अवस्था छैन । महाभियोग लगाइहाले पनि उहाँकै विषयमा चर्चा गर्ने बेलामा संसदको अध्यक्षता उहाँले गर्नुहुन्न । बाँकी बेलामा संसदको अध्यक्षता गर्न उहाँलाई संविधान र कानुनले कहीँ बन्देज लगाएको छैन’, ‘यसकारण सभामुख हट्न सक्ने अवस्था भएन ।’

प्रचण्डले एमसीसीमा अप्रत्यक्ष रुपमा एमालेले विरोध गरेजस्तो गरेपनि पारित भने गर्न दिएको बताए ।