समाचार

आजको मौसम



काठमाडौँ, २१ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ  । विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सोमबार भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।