समाचार

कैलाली कारागारका थुनुवाकाे मृत्यु



धनगढी, २१ फागुन । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवककाे मृत्यु भएकाे छ ।

कैलाली कारागारका अनुसार घाेडाघाेडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरकाे मृत्यु भएको हो  । सेती प्रादेशिक अस्पतालकाे आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरकाे शुक्रबार राति मृत्युु भएकाे हो ।

थापामगर विगत दुई महिनादेखि फाेक्साे सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेकाे थियाे ।