राजनीति

मुलुकको विकास भन्ने वित्तीकै जनतामा एमालेको नाम आउछ : पूर्वमन्त्री बस्नेत



संखुवासभा, २२ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले मुलुकको विकास र समृद्धिको यात्रामा एमालेले मात्र नेतृत्व गर्न सक्ने दावी गर्नुभएको छ । एमालेको नेतृत्वमा रहेको सरकारले मात्र मेलम्ची, धरहरा, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, अरुण करिडोर, धरहरा, रानीपोखरी, सूरुङ मार्ग, रेलमार्गलगायतका राष्ट्रिय गैरवका आयोजनाहरु सञ्चालन गरी मुलुकलाई अविकरित मुलुकबाट विकासन्मुख मुलुकमा रुपान्तरण गर्न सकेको दावी गर्नुभयो ।

संखुवासभामा शनिबार आयोजना गरिएको जनसंगठनहरुको सम्मेलन कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाली जनताको पार्टी भनेको नेकपा एमालेमात्र भएको उल्लेख गर्दै उहाँले म जिताउँछु मेरो वडा, मेरो स्थानीय तह भन्ने महत्वपूर्ण अभियान चलाइरहेको उल्लेख गर्दै उहाँले मुलुकको विकास भन्ने वित्तीकै जनतामा एमालेको नाम आउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोर्यो कि पर्यो भन्ने सलाईको विज्ञापन जस्तै जहाँ नेकपा एमाले आयो, त्यहाँ विकास आयो आयो । एमाले आयो कि समाज रुपान्तरणको सुरुवात भयो । एमाले आएसँगै मुलुकमा शान्ति शुसाशन, स्थिरता, अत्याचारको अन्त्य भयो । एमाले आएपछि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, आधारभुत वर्गहरुको हितमा काम गर्यो । त्यसैले मुलुकमा एमालेको नेतृत्व आम जनताले खोजिरहेका छन् । त्यो कुरा आगामी निर्वाचन पछि आउने जनादेशबाट प्राप्त हुने छ । चिसो भनेकै कोकाकोला भने जस्तो आजको समकालिन समयमा पार्टी भनेको एमाले नै हो । हामीले चाहेको विकास र समृद्धिको नेता, मुलुकको भाविष्य निर्माण तथा कायपलट गर्न सक्ने नेता भनेको नै केपी ओली हो, सम्पूर्ण एमालेका नेताहरु हुन । त्यसैले चिसो भनेको कोकाकोला भनेजस्तै नेता भनेको केपी ओली हो भनेर आम जनताले बुझेका छन् ।’

पश्चिम रुकुममा माओेवादी केन्द्रले जनयुद्धको नाममा हत्या गरेको रणु गौतमको शालिकमा श्रद्धाञ्जली दिन नदिएकोमा आक्रोसित हुँदै उहाँले भन्नुभयो, ‘प्रचण्डलाई यो मञ्चबाट तातो झिरले कान खोलेर सुन्न आग्रह गर्न चाहन्छु, तिम्रो अधिनायकवादी राज्य सत्ता समाप्त भए । आज एमसीसी किन पास गर्यौं भनेर केन्द्रीय कमिटीका सदसयले बैठकमा प्रश्न गर्दा प्रचण्डले दुई वटा जवाफ दिए । जसमा पहिलो अर्जुन लामाको हत्या प्रकरणका अभियुक्त सभामुख अग्नी सापकोटाको पद जोगाउन । एमसीसी पास गर्दैमा सभामुखको पद जोगाउन सकिन्छ भन्ने दिवा सपना हुनेछ । अनि माधव नेपाल लगायतका १४ जना सांसदहरुलाई एमाले कारवाही गरिएका कारवाहीको बदर गर्ने, अन्य पार्टीले गरेको सदस गर्ने सभामुखलाई बचाउन प्रचण्डले एमसीसीमा आत्मसमर्पण गरे । त्यस्तै दोस्रोमा मादरमुडे घटना, जिउँदै मानिस जलाएको घटना लगायतका असंख्य गंभिर मानव अधिकारको घटनामा मलाई हेग लैजान्छन् भनेर प्रचण्डले डराएर एमसीसी पास गरे । त्यसैले रुकुम घटना फेरि पनि एमालेको लागि निहुँ खोज्यौ भने यो तिम्रो लागि अभिसाप हुनेछ ।’

फेरि एमाले फेरि केपी ओली अबको अभियानमा रहेको उल्लेख गर्दै उहाँ बताउनुभयो । एमाले सरकारमा नभएको समयमा आम जनसमुदायलाई संगठित गराई गोलबन्द गराउने अभियानमा रहने उल्लेख गर्दै उहाँले एमाले सरकार भएको समयमा त्यही संगठीत जनसमुदायलाई मुलुकको विकास र समृद्धिको यात्रामा अगाडी बढाउने गरेको बताउनुभयो ।

‘आफ्नो गाउँ आफै बनाऔं भन्ने अभियान सञ्चालन गर्ने पार्टी भनेको नै एमाले हो । एमालेले तीन लाखदेखी सुरु गरेको उक्त अभियानले अहिले संघीय व्यवस्थामा प्रत्येक स्थानीय तहमा करोडौं, अरवौं रकम स्थानीय तहमा ल्याई आफ्नो गाउँ आफै बनाउने अवस्था बनाएको छ । त्यही भएर सवै स्थानीय तहमा पुल, सडक, विद्यालयलगायतका विभिन्न भौतिक संरचनाहरु बनेका छन् । गाउँका सडक हेर्दा, ग्रामीण इलाकामा विद्यार्थीको अनुहार हेर्दा, गाउँ गाउँमा भएका सिँचाईका परियोजना हेर्दालगायतका आधुनिक विकास र समृद्धिको कुरामा एमालेको नाम आउने अवस्था बनेको छ ।’

एमाले सरकार भएको समयमा युवाहरुलाई पाखुरीलाई खियाएर श्रममा जोड्ने अभियान जलाएको उल्लेख गर्दै उहाँले सर्टिफिकेट राखेर, विदेशबाट फर्केकाले आफ्नो सीप, किसानलगायतका नागरिकलाई विना धितो ऋण दिने अभियान चलाउँदै मुलुकमा व्यापक मात्रामा रुपान्तरणको अभियान सञ्चालन भइरहेको बताउनुभयो । ठगी खानेलाई प्रोत्याहन गर्ने नभई गरी खाने जनतालाई प्रोत्साहन गर्ने पार्टी एमाले भएको उल्लेख गर्दै कांग्रेस कुम्भकर्ण जस्तै भएको दावी गर्नुभएको छ । कांग्रेस पाँच वर्षमा दुई चोटी मात्र उठ्ने गरेको उल्लेख गर्दै कांग्रेसले निर्वाचनको समयमा जनतालाई भ्रम छर्न र आफ्नो पार्टीको महाधिवेशनमा मात्र उठ्ने गरेको दावी गर्नुभयो । त्यस्तै माधव नेपाल र प्रचण्डले आगामी केहि वर्ष पछिदेखी विगतमा हाम्रो नेतृत्वमा पनि सरकार थियो भनेर इतिहास पढ्न र सम्भन मात्र पाउने समेत घोषणा गर्नुभयो ।