समाचार

आजको मौसम



काठमाडौँ, २४ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान पहाडी भुभागमा आंशिक बदली रहेको छ भने बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।   सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भूभागका एक  दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको जनाएको छ ।