समाचार

मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु



बाँके, २४ फागुन । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ ।

तिब्र गतिमा नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीलाई दिदा उनको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । उनीहरु ईलाका प्रहरी कार्यालय मातहतको राँझा बिटमा कार्यरत थिए ।

ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले मापसे गरेर मोटरसाइकल चलाएका थिए ।