काठमाडौँ, २४ फागुन । काठमाडौँको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको छ । अरु चार जनाको उपचार भइरहेको छ ।
नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाडौँ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मृत्यु भ्येको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोटसमेत बरामद गरेको छ । जहाँ उनीहरुले पछिल्लो एक साताको दैनिकी लेखेका छन् । आर्थिक संकटमा परेर उनीहरुले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्