काठमाडौँ, २५ फागुन । नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ ।
केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ । केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्ला गइसक्नुपर्नेछ । कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना ‘घरघर जाऔं, कांग्रेस जिताऔु’ अभियान सञ्चालन गर्दैछ। त्यसलगत्तै वडा र पालिकाका उम्मेदवार तय गरेर दोस्रो चरणको घरदैलो अभियान हुनेछ ।
०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। कांग्रेसले यसपालि विगतका चुनावभन्दा फरक ढंगले प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्न खोजेको छ । केन्द्रीय प्रतिनिधि जिल्लाका हरेक पालिकामा कम्तिमा एकपटक पुग्नुपर्नेछ । आफ्ना कुरा राख्नेभन्दा पनि जनताका कुरा धेरै सुन्न पनि कांग्रेसले प्रतिनिधिहरूलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्